काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन्।
उनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा ब्रिफिङ लिन खोजेका हुन्। उनले ब्रिफिङ लिएपछि आवश्यक निर्देशन दिने प्रधानमन्त्री शाह सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। शाहले अहिले प्रधानसेनापति अशोकराज सिग्देलसँग ब्रिफिङ लिइरहेका छन्।
प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै उनले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिनेछन्।











