BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै, सिग्देलसँग भइरहेको छ छलफल

२०८३ भदौ २४

प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै,  सिग्देलसँग भइरहेको छ छलफल
प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै, सिग्देलसँग भइरहेको छ छलफल

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन्।

Vigo
GBIME
Tata

उनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा ब्रिफिङ लिन खोजेका हुन्। उनले ब्रिफिङ लिएपछि आवश्यक निर्देशन दिने प्रधानमन्त्री शाह सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। शाहले अहिले प्रधानसेनापति अशोकराज सिग्देलसँग ब्रिफिङ लिइरहेका छन्।

​प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै उनले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिनेछन्।