प्राइम कमर्सियल बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत, बुधबारदेखि कारोबार हुने



बिजमाण्डू
२०८३ भदौ २२ गते १६:४० | Sep 7, 2026
प्राइम कमर्सियल बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत, बुधबारदेखि कारोबार हुने


काठमाडौं। प्राइम कमर्सियल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। नेप्से र बैंकबीच सोमबार ‘प्राइम बैंक डिबेञ्चर २०९३’ सूचीकरण सम्झौता भएको हो।

Vigo
GBIME
Tata

प्राइम कमर्सियल बैंकले निष्कासन गरेको १० वर्षे अवधिको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ।

नेप्सेमा सूचीकृत भएसँगै बैंकको ऋणपत्र बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ। बैंकको ऋणपत्रमा ब्याजदर ६.२५ प्रतिशत छ।