कुमारी बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङमा आबद्ध, ‘दिगोपन यात्राको कोशेढुंगा’



बिजमाण्डू
२०८३ भदौ २२ गते १४:४३ | Sep 7, 2026
कुमारी बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङमा आबद्ध, ‘दिगोपन यात्राको कोशेढुंगा’


काठमाडौं। कुमारी बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङ (पीसीएएफ)मा आबद्ध भएको छ।

Vigo
GBIME
Tata

आफ्ना वित्तीय गतिविधिबाट हरित ग्यास उत्सर्जनलाई बुझ्न र व्यवस्थापन गर्न थप प्रतिबद्धतासहित पीसीएएफमा आवद्ध भएको बैंकले जनाएको छ।

पीसीएएफको सदस्य बनेसँगै बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरित ग्यास उत्सर्जनको मापन तथा सार्वजनिक रुपमा प्रकाशन गर्न पीसीएएफका विश्वव्यापी रूपमा मान्यताप्राप्त मापदण्ड तथा विधि प्रयोग गर्नेछ।

बैंकका सस्टेनेबल बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले पीसीएएफमा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताए।

‘हाम्रो वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनलाई बुझ्नाले जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फ अघि बढाउन सहयोग गर्ने क्रममा तथ्य र जानकारीमा आधारित परिपक्व निर्णय लिन टेवा पुग्नेछ,’ उनले भने।