परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता, जलवायु जोखिमबारे चर्चा



बिजमाण्डू
२०८३ भदौ २२ गते १४:०९ | Sep 7, 2026
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता, जलवायु जोखिमबारे चर्चा


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच सोमबार टेलिफोन वार्ता भएको छ।

Vigo
GBIME
Tata

वार्तामा विदेशमन्त्री एडमले परराष्ट्रमन्त्री खनाललाई भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताको तर्फबाट दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका थिए।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गरेकोमा माल्दिभ्स सरकार तथा जनताप्रति आभार व्यक्त गरेका थिए।

टेलिफोन वार्ताका क्रममा दुवै मन्त्रीले जलवायु जोखिममा रहेका मुलुकहरूले सामना गरिरहेका साझा चुनौतीबारे चर्चा पनि गरेका थिए।

उनीहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको प्रवर्धन तथा थप प्रभावकारी जलवायु कार्यका लागि सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।