काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको अवलोकन गरेका छन्।
उनले सोमबार नुवाकोटका बाढीग्रस्त क्षेत्रको अवलोकन गरेका हुन्। उनी बाढी प्रभावितहरुलाई राखिएको होल्डिङ सेन्टरमा पनि पुगेका छन्। राष्ट्रपतिले पीडितहरुको गुनासो समेत सुनेको उनको सचिवालयले जनाएको छ।
बाढीले भएको क्षतिबारे राष्ट्रपतिले जिल्ला सुरक्षा समितिबाट जानकारी लिएका छन्। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बाढीले भएको धनजनको क्षति तथा खोज, उद्धार, राहत र तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे अवगत गराएका थिए।
राष्ट्रपति पौडेल नुवाकोटबाट बाढीग्रस्त रसुवातिर लागेका छन्।











