ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-१ का इकाईधनीलाई १२ प्रतिशत लाभांश बाँडिने



बिजमाण्डू
२०८३ भदौ २२ गते १०:५८ | Sep 7, 2026
ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-१ का इकाईधनीलाई १२ प्रतिशत लाभांश बाँडिने


काठमाडौं। ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-१ को लाभांश घोषणा गरिएको छ।

Vigo
GBIME
Tata

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समितिको आइतबार बसेको बैठकले लाभांशको निर्णय गरेको हो।

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-१ का इकाईधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशतका दरले १२ करोड ३० लाख ९१ हजार रुपैयाँ लाभांश बाँड्ने निर्णय भएको छ। बुक क्लोजको मिति पछि तोकिने कम्पनीले जनाएको छ।