क्रियाशील सदस्यता अद्यावधिक नगरेकाले पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन पाउने



बिजमाण्डू
२०८३ भदौ २१ गते २१:०२ | Sep 6, 2026
क्रियाशील सदस्यता अद्यावधिक नगरेकाले पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन पाउने


काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक नगरेकालाई पनि १५औं महाधिवेशनमा सहभागी हुन दिने भएको छ।

Vigo
GBIME
Tata

कांग्रेस प्रवक्ता देवराज चालिसेले सदस्यता अद्यावधिक नगरेकालाई पनि महाधिवेशनमा सहभागी हुने दिने निर्णय भएको बताए।

कांग्रेसको महाधिवेशन असोज १६ देखि १९ गतेसम्मका लागि तय भएको छ।

कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको म्याद पटक-पटक थपेर पछिल्लोपटक भदौ १९ गतेसम्मलाई कायम गरेको थियो। भदौ २४ बाट वडा अधिवेशन गर्ने कार्यतालिका छ।

सदस्यता अद्यावधिकको अद्यावधिक तथ्याङ्क कांग्रेसले सार्वजनिक गरेको छैन। भोटेकोशीको विपदपछि नुवाकोट, रसुवा र धादिङमा तत्काल अधिवेशन नगर्ने निर्णयमा कांग्रेस पुगेको छ।