नुवाकोट । भदौ १० गते आएको बाढीले पुल बगाएपछि नुवाकोटको देवीघाटस्थित तादी नदी वारपार गर्न अहिले बेलिब्रिज निर्माणकार्य भइरहेको छ।
नेपाली सेनाको इन्जिनियरिङ टोलीले एक्रो ब्रिज निर्माणको कामलाई तीव्रता दिएको हो।

बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवतजावत सहज बनाउन पुल निर्माण भइरहेको हो। सेनाले ६० मिटर लामो, ५.५ मिटर चौडा तथा ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गर्दैछ।






















