काठमाडौं। नेपाली सेनाको नेतृत्वमा रहेको उद्धार टोली त्रिशुली-३ ए जलविद्युत आयोजनाको पावर हाउसमा पुगेको छ।
आयोजनाको सुरुङबाट शुक्रबार बिहान सञ्जय साह र कबिर महर्जनलाई उद्धार गरेको टोली केहीबेरअघि पावर हाउसमा पुगेको हो।
‘सेनाको उद्धार टोली पावर हाउसमा पुगेको भन्ने जानकारी आएको छ,’ बाढीले क्षतविक्षत बनाएको आयोजनास्थलमा रहेका नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीले भने, ‘त्यहाँको अवस्थाको बारेमा जानकारी आउन बाँकी छ।’










