भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको डीएनए नमूना सुरक्षित राखेर गरियो व्यवस्थापन



बिजमाण्डू
२०८३ भदौ १५ गते ०७:३९ | Aug 31, 2026
भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको डीएनए नमूना सुरक्षित राखेर गरियो व्यवस्थापन


चितवन। रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका-१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो।

Vigo
GBIME
Tata

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ।

शवहरूको डीएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको उनले बताए। सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन्।

डीएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी सङ्केत चिह्न राखेर शव व्यवस्थापन गरिएको छ।

यस्तै, हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, ७ बालक, ६ बालिका र ८७ अन्य (अवशेष) रहेका छन्। नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ। रासस