बाढी प्रभावितलाई तत्काल सहयोग पुर्‍याउने गरी खटिन रविले पार्टी पंक्तिलाई दिए निर्देशन



बिजमाण्डू
२०८३ भदौ १४ गते १५:०० | Aug 30, 2026
बाढी प्रभावितलाई तत्काल सहयोग पुर्‍याउने गरी खटिन रविले पार्टी पंक्तिलाई दिए निर्देशन


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी प्रभावितको उद्धार र राहतमा सक्रियरुपमा खटिन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।

Vigo
GBIME
Tata

रविले आइतबार बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहतको प्रयासबारे पार्टीका विभिन्न तहबाट ‘ब्रिफिङ’ लिएपछि सक्रिय रुपमा खटिन निर्देशन दिएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

उनका अनुसार बाढी प्रभावित तथा जोखिममा रहेका नागरिकको खोज, उद्धार र राहतलाई प्राथमिकतामा राख्दै पार्टीका सबै तहलाई सक्रिय रूपमा परिचालित हुन रविले निर्देशन दिएका हुन्।

रविले बाढी प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउने गरी समन्वय गर्न भनेका छन्। उनले बाढी प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गरेका छन्।