त्रिशुली ३ ‘ए’ टनेलभित्र पस्न ५ वटा ड्रिलिङ, ‘४ घण्टाभित्र मान्छे जानसक्ने प्वाल बन्छ’



बिजमाण्डू
२०८३ भदौ १४ गते १२:२६ | Aug 30, 2026
त्रिशुली ३ ‘ए’ टनेलभित्र पस्न ५ वटा ड्रिलिङ, ‘४ घण्टाभित्र मान्छे जानसक्ने प्वाल बन्छ’


काठमाडौं। त्रिशुली-३ ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसभित्र थुनिएका कर्मचारीहरूको उद्धारका लागि ५ वटा होल ड्रिलिङ गरिएको छ।

Vigo
GBIME
Tata

उद्धार टोलीले पावर हाउसभित्र पुग्नका लागि आवश्यक पर्ने ५ वटा होल ड्रिलिङ गरेको हो।

‘शनिबार हामीले ड्रिलिङमार्फत भित्र अक्सिजन पठाएका थियौं,’ आयोजना स्थलमा रहेका प्राधिकरणका इन्जिनियर सुरज दाहालले बिजमाण्डूसँग भने, ‘अहिलेसम्म ५ वटा होल ड्रिलिङको भइरहेको छ।’

ड्रिलिङको काम सकिएसँगै अब मान्छे सहज रूपमा भित्र छिर्न सक्ने आकारको मुख्य प्वाल (होल) बनाइने छ। त्यसपछि मान्छेभित्र छिर्ने प्वाल बनाएपछि उद्धारको टोलीभित्र छिर्न सक्ने छ।

पावर हाउसभित्र थुनिएका कर्मचारीहरूको अवस्था पत्ता लगाउन र उनीहरूलाई सकुशल बाहिर निकाल्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आयोजनाका प्राविधिकहरू संयुक्त रूपमा खटिरहेका छन्। दाहालका अनुसार ३/४ घण्टामा उद्धार टोली भित्र छिर्ने सक्ने गरी काम भइरहेको छ।

‘एउटा प्वाल ड्रिलिङ गर्न ३० देखि ३५ मिनेट समय लागिरहेको छ। ड्रिलिङको काम सकिएपछि माइनर विस्फोट गरेर प्वाल बनाएर उद्धार टोलीभित्र जान्छ। कम्तीमा ३/४ घण्टा लाग्छ होला,’ दाहालले भने।