काठमाडौं। चीनले बाढी प्रभावितको सहयोगका लागि ५० टन सामग्री उपलब्ध गराएको छ।

चीनले आइतबार सैन्य विमानमार्फत टेन्ट, कम्बल, स्लिपिङ ब्याग लगायत राहत सामग्री नेपाल ल्याएर सरकारलाई हस्तान्तरण गरेको हो।

चिनियाँ राजदूत झाङ माओमिङले विज्ञानप्रविधिमन्त्री डा. महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गरेका छन्।

राहत सामग्रीसँगै चीनले उद्धार कार्यमा सहयोग गर्न चार जना सुरुङमार्ग उद्धार विशेषज्ञ पनि पठाएको छ।











