बाढीपीडितका लागि नेपाल एलपी ग्यास उद्योग संघले १२५० भरी सिलिन्डर उपलब्ध गराउने



बिजमाण्डू
२०८३ भदौ १३ गते १८:१७ | Aug 29, 2026
बाढीपीडितका लागि नेपाल एलपी ग्यास उद्योग संघले १२५० भरी सिलिन्डर उपलब्ध गराउने


काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई नेपाल एलपी ग्यास उद्योग संघले १ हजार २५० भरी सिलिन्डर उपलब्ध गराउने भएको छ।

Vigo
GBIME
Tata

संघले नेपाल आयल निगममार्फत लक्षित वर्गसम्म ग्यास पुर्‍याउने प्रतिबद्धता जनाएको हो। संघका अध्यक्ष दिवान बहादुर चन्दले विज्ञप्ति जारी गर्दै विपद्‍बाट रसुवा, नुवाकोट, धादिङ र गोरखामा ठूलो धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गरेका छन्।

संघले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ।

संघले घाइतेको शीघ्र उपचार र बेपत्ताको खोजीमा जुट्न सबैमा अपिल गरेको छ। विपद् कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको संघले जनाएको छ।

बाढीपछि प्रभावित नागरिकको तत्काल आवश्यकता र कठिनाइलाई ध्यानमा राखेर सहयोग गर्ने निर्णय गरिएको हो। संघले मानवीय सहयोगका रूपमा भरिएका एलपी ग्यास सिलिन्डर उपलब्ध गराउन लागेको जनाएको छ।