माइतीघरमा सहयोगी मनहरु : बाढीपीडितका लागि हरेक दिन जुट्दैछ राहत (तस्बिरहरु)



सुशील श्रेष्ठ
२०८३ भदौ १३ गते ०६:५३ | Aug 29, 2026
माइतीघरमा सहयोगी मनहरु : बाढीपीडितका लागि हरेक दिन जुट्दैछ राहत (तस्बिरहरु)


काठमाडौं । गत बुधबारको बाढीबाट विस्थापित भएकाहरुका लागि देशभरबाट सहयोग जुटिरहेको छ। बाढी प्रभावितको उद्धार तथा खोजीमा सरकार जुटेका बेला राहत सहयोग जुटाउन सर्वसाधारण अघि आएका छन्।

Vigo
GBIME
Tata

काठमाडौंको माइतीघर क्षेत्रमा अहिले समूह समूह मिलेर राहत जुटाउने कार्य भइरहेको छ। बाढी गएको दोस्रो दिनदेखि नै यहाँ राहत संकलन सुरु भएको हो।

मानिसहरुले आफ्नो गच्छे अनुसार चाउचाउ, पानी, कपडा, खाद्यान्न, डस्ना लगायतका सामाग्रीहरु सहयोग गरिरहेका छन्। संकलित सहयोग सरकारको समन्वयमा प्रभावित ठाउँमा लगेर वितरण गरिने जनाइएको छ।