केएमसीले बाढीबाट घाइते भएकालाई नि:शुल्क उपचार गर्ने, शर्माले भने- यो हाम्रो दायित्व हो



बिजमाण्डू
२०८३ भदौ १० गते १९:२६ | Aug 26, 2026
केएमसीले बाढीबाट घाइते भएकालाई नि:शुल्क उपचार गर्ने, शर्माले भने- यो हाम्रो दायित्व हो


काठमाडौं। केएमसी मेडिकल कलेजले बाढीबाट घाइते भएका विरामीको नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ।

Vigo
GBIME
Tata

कलेजको दुवाकोट अस्पतालमा बाढीबाट रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा घाईते भएका सबैको नि:शुल्क उपचार गर्ने घोषणा गरेको हो।

कलेजका अध्यक्ष सुनिल शर्माले सामाजिक उत्तरदायित्व वहन गर्दै बाढीबाट घाइतेको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको जानकारी दिए।

‘यो विषम परिस्थितिमा मानवीय समवेदनालाई मध्यनजर गर्दै बाढीबाट घाइते भएका विरामीको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन भक्तपुर दुवाकोटमा रहेको हाम्रो अस्पतालले नि:शुल्क उपचारको व्यवस्था मिलाएको छ,’ उनले भने, ‘देशलाई संकट परेका बेला सहयोग गर्नु हाम्रो दायित्व हो।’ केएमसीको दुवाकोटमा रहेको अस्पताल सुविधा सम्पन्न रहेको छ। यो अस्पतालले अहिले ५० प्रतिशत छुट दिएर सेवा दिइरहेको छ।

त्यही छुटका कारण पनि दुवाकोट अस्पतालमा अहिले विरामीको चाप बढेको छ। सरकारले स्वास्थ्य बीमा हटाएका कारण आर्थिक रुपमा विपन्न भएकालाई दुवाकोटमा दिइएको छुटले समेत राहत मिलेको छ। दुवाकोटमा सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, सिन्धुली लगायतका विपन्न वर्गहरु आउने गर्छन्। शर्माले विपन्न र न्यून आय भएकालाई नि:शुल्कनै सेवा दिने गरेका छन्।