जलविद्युत आयोजनामा फसेका कर्मचारीको उद्धार गर्न इप्पानले खोज्यो सरकारको साथ



बिजमाण्डू
२०८३ भदौ १० गते १८:५४ | Aug 26, 2026
जलविद्युत आयोजनामा फसेका कर्मचारीको उद्धार गर्न इप्पानले खोज्यो सरकारको साथ


काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले भोटेकोशी नदीमा आएको बाढीका कारण फसेका विभिन्न जलविद्युत आयोजनाका कर्मचारी र कामदारको उद्धार गर्न सरकारसँग आग्रह गरेको छ।

Vigo
GBIME
Tata

इप्पानले सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई आयोजनास्थलमा फसेका कर्मचारी र कामदारलाई प्राथमिकताका साथ उद्धार गर्न आग्रह गरेको हो।

इप्पानले प्रवर्धक कम्पनी र निर्माण कम्पनीलाई पनि उपकरणसहित उद्धार कार्यमा जुट्न आह्वान गरेको छ। बाढीले

त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा रहेका एक दर्जन भन्दा बढी आयोजनामा क्षति पुगेको छ।

इप्पानका अनुसार २१६ मेगावाटको अपर त्रिशुली-१ मा कार्यरत ८ जना कोरियन नागरिक र १० कर्मचारी सम्पर्कविहीन छन् भने २०० जना कामदार र १० जना कोरियन नागरिक विद्युत गृह नजिक उद्धारको पर्खाइमा छन्।

यस्तै २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाका २५ कर्मचारी र ३५ कामदार सम्पर्कविहीन छन्।

इप्पानले बाढीबाट क्षतिग्रस्त आयोजना र प्रसारण संरचनाको यथाशीघ्र मूल्यांकन र बीमा दाबी प्रक्रियामा सरलीकरण गर्न बीमा कम्पनीसँग तथा पुनः सञ्चालनका लागि वित्तीय तथा नीतिगत सहजीकरण गर्न ऊर्जा मन्त्रालयसँग आग्रह गरेको छ।