काठमाडौं। सरकारले चीनमा भूकम्पका कारण हिमपहिरो गइ नेपालमा बाढी आएको बताएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले बाढीबारे जानकारी गराउने क्रममा चीनमा गएको हिमपहिरोको असर नेपालमा परेको बताएका हुन्।
‘चीनमा ८ बजेर ३७ मिनेटमा भूकम्प गएको र त्यो भूकम्पले हिमपहिरो झरेका कारण बाढी आएको प्रारम्भिक सूचना आएको छ,’ उनले भने।










