बाढी प्रभावित क्षेत्रमा एनसेलको डेटा र भ्वाइस तीन दिनका लागि निःशुल्क, ‘सम्पर्कमा रहन सेवा’



बिजमाण्डू
२०८३ भदौ १० गते १४:०५ | Aug 26, 2026
बाढी प्रभावित क्षेत्रमा एनसेलको डेटा र भ्वाइस तीन दिनका लागि निःशुल्क, ‘सम्पर्कमा रहन सेवा’


काठमाडौं। बाढी प्रभावित क्षेत्रका लागि एनसेलले भ्वाइस र डेटा सेवा तीन दिनका लागि निःशुल्क उपलब्ध गराउने भएको छ।

Vigo
GBIME
Tata

त्यसबाहेक प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिन समयावधि रहेको १०० वटा एसएमएस पनि निःशुल्क पाउने भएका छन्। बाढी प्रभावित क्षेत्रका बासिन्दा र उद्धारमा खटिएका निकायहरूलाई सहज रूपमा सम्पर्कमा रहन मद्दत गर्न नि:शुल्क सेवा दिइएको एनसेलले जनाएको छ।

बुधबार बिहान चीनतर्फबाट आएको ल्हेन्दे खोलाको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाका तटीय क्षेत्र प्रभावित भएका छन्। चितवनको मुग्लिन-नारायणघाट क्षेत्रमा पनि सतर्कता अपनाइएको छ।

एनसेलका साथै नेपाल टेलिकमले पनि प्रभावित क्षेत्रमा भ्वाइस र डेटा नि:शुल्क उपलब्ध गराएको छ।