काठमाडौं। एनसेलले कनेक्टेड भेहिकल सर्भिस उपलब्ध गराउनका लागि नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकसँग साझेदारी गरेको छ।
यो साझेदारीसँगै अब नेपालमा बिक्री हुने बीवाइडीका प्रत्येक सवारी साधन एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडित हुनेछन् जसबाट ग्राहकले अझ सहज र डिजिटल्ली कनेक्टेड ड्राइभिङ अनुभव प्राप्त गर्न सक्नेछन्।
आइओटी सिम जडित भएपछि गाडीमा अन्य कुनै उपकरणको प्रयोग बिनै इन-भेहिकल इन्टरनेट कनेक्टिभिटीको सेवा उपलब्ध हुन्छ, जसले बीवाइडी एप इकोसिस्टम र कनेक्टेड इन्फोटेनमेन्ट सुविधालाई सपोर्ट गर्छ।
प्रयोगकर्ताले फोन कनेक्ट नगरी वा वाईफाई हटस्पटमा निर्भर नभई सवारी साधनको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओके लगायत अनलाइन सेवा र डिजिटल मनोरञ्जन लिन सक्ने एनसेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति अनुसार सुविधाहरूको उपलब्धता सवारी साधन, सफ्टवेयर मोडल र नेपालमा उपलब्ध रहेका सेवामा निर्भर हुनेछ। आइओटी सिममार्फत एनसेलको देशैभर फैलिएको नेटवर्क कभरेजको लाभ ग्राहकले उठाउन सक्नेछन्।
‘आइओटी सेवा सम्बन्धी यो साझेदारीले बीवाइडी सवारी साधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको सुविधा दिन्छ। ग्राहकले आइओटी सोलुसन्समार्फत अझ सहज र सुविधाजनक कनेक्टेड ड्राइभिङ अनुभव लिन सक्छन्,’ एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, ‘बीवाइडी एप र लोकप्रिय इन्फोटेनमेन्ट सेवाहरूका लागि प्रत्यक्ष सवारी कनेक्टिभिटी उपलब्ध गराएर हामी प्रयोगकर्ताहरूलाई बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर नभई कनेक्टेड रहन मद्दत गर्दछौं। साथै, लोकल नेटवर्कमा कनेक्ट हुँदा यसबाट थप भरपर्दो नेभिगेसन सुनिश्चित हुन्छ।’
यो साझेदारीबाट बीवाइडीका नयाँ ग्राहकले मात्र नभएर, विगतदेखि नै बीवाइडी सवारी साधन प्रयोग गरिरहेकाहरुले पनि फाइदा लिन सक्नेछन्।
यसका लागि ग्राहकले बीवाइडीका आधिकारिक सर्भिस सेन्टरमा गएर आफ्नो सवारी साधनमा एनसेल आइओटी सिम जडान गर्नुपर्नेछ।
साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले आफ्ना ग्राहकलाई अझ उन्नत सुविधा दिन एनसेलसँग सहकार्य गरेको बताए।









