हेलिकोप्टरबाट ल्याइएका मन्त्री लम्साल आइतबार राती नै डिस्चार्ज, पाँच दिन एन्टिबायोटिक खानुपर्ने



बिजमाण्डू
२०८३ भदौ १ गते १३:५९ | Aug 17, 2026
हेलिकोप्टरबाट ल्याइएका मन्त्री लम्साल आइतबार राती नै डिस्चार्ज, पाँच दिन एन्टिबायोटिक खानुपर्ने
सुनिल लम्साल। फाइल तस्वीर


काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल अस्पतालबाट डिस्चार्ज भएका छन्। छाउनीस्थित सैनिक अस्पतालमा स्वास्थ्य परीक्षणपछि मन्त्री लम्साल आइतबार राति डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ।

Tata
GBIME

सुदूरपश्चिमका पहाडी जिल्लाको अनुगमनका क्रममा बैतडीमा अस्वस्थ भएपछि मन्त्री लम्साललाई आइतबार धनगढीसम्म सेनाको हेलिकोप्टर र त्यहाँबाट विमानमार्फत काठमाडौं ल्याइएको थियो।

मन्त्रीका स्वकीय सचिव निर्मल ज्ञवालीका अनुसार लम्साललाई ज्वरो, घाँटी दुख्ने र कमजोरीको समस्या देखिएको छ। स्वास्थ्य परीक्षणका क्रममा पिसाबमा संक्रमणसमेत देखिएकाले पाँच दिनका लागि एन्टिबायोटिक औषधि दिइएको छ।

परीक्षणका केही रिपोर्ट आउन बाँकी छ। अस्वस्थ भएका कारण लम्सालका सुदूरपश्चिमका बाँकी जिल्लामा निर्धारित अनुगमनका कार्यक्रम स्थगित गरिएको उनको सचिवालयले जनाएको छ।