डेडिकेटेड लाइनको बक्यौता महसुल कानुन अनुसार असुल गर्न सरकार अघि बढिसकेको छ : विराजभक्त



बिजमाण्डू
२०८३ भदौ १ गते १३:५१ | Aug 17, 2026
डेडिकेटेड लाइनको बक्यौता महसुल कानुन अनुसार असुल गर्न सरकार अघि बढिसकेको छ : विराजभक्त


काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल कानुन अनुसार असुल गर्ने बताएका छन्।

Tata
GBIME

उनले सोमबार नेपाल विद्युत प्राधिकरणको ४१औं वार्षिकोत्सव समारोहमा महसुल बक्यौता विवाद कानुन र विधिका आधारमा समाधान गर्ने बताए।

‘लामो सयमदेखि अल्झिएको बक्यौता असुलीको विषय कानुन र विधिका आधारमा समाधान गर्ने पर्नेमा हामी प्रष्ट छौं,’ उनले भने, ‘सरकार यही बाटोमा अगाडि बढिसकेको छ। प्राधिकरण व्यवस्थापनले पनि सोहीअनुसार दैनिक कार्यसूचीमा राखेर काम गरिरहेको छ।’