बैंकको ब्याजदर घट्दा लघुवित्तलाई राहत, सुधारियो ब्यालेन्स सिट, कुनको अवस्था कस्तो?



आकाश बोगटी
२०८३ साउन २९ गते १५:३७ | Aug 14, 2026
बैंकको ब्याजदर घट्दा लघुवित्तलाई राहत, सुधारियो ब्यालेन्स सिट, कुनको अवस्था कस्तो?


काठमाडौं। लघुवित्त वित्तीय संस्थाहरुको नाफामा उल्लेख्य सुधार भएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा लघुवित्तहरुले नाफा ७१.९२ प्रतिशतले बढाएका छन्।

Tata
GBIME

अघिल्लो वर्ष ५ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेका लघुवित्तहरुले गत आर्थिक वर्ष ९ अर्ब ८६ करोड रुपैयाँ कमाएका छन्। कर्जा नोक्सानी कम हुँदा लघुवित्त संस्थाहरुको नाफामा सुधार भएको हो।

गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका ४२ मध्ये ३६ लघुवित्तले नाफा बढाएका छन्। विजय लघुवित्तको नाफा १६ सय गुणाले वृद्धि भएको छ। अघिल्लो वर्ष नाफा १ लाख ३४ रुपैयाँमा सीमित रहेकामा कम्पनीले गत वर्ष १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको छ।

अभियान लघुवित्तको नाफा झन्डै ४७ गुणाले बढेको छ। छिमेक लघुवित्तले सबैभन्दा धेरै १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा गरेको छ। जीवन विकास लघुवित्तले १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ। कम्पनीको नाफा अघिल्लो वर्ष ७० करोड ७५ लाख रुपैयाँ थियो।

लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले ऋण असुलीसँगै प्रोभिजिनङ घट्दा नाफा सुधारिएको बताए। उनका अनुसार घट्‌दो ब्याजदरका कारण कष्ट अफ फण्ड कम हुँदा ब्यालेन्स सिट राम्रो भएको हो।

‘हाम्रो पुँजीको स्रोत बैंकहरु हुन्। बैंकको बेसरेट कम हुँदै आइरहेका हाम्रो खर्च कम भएको छ,’ उनले भने, ‘ब्याजदर घटेका कारण ऋणीको क्षमता बढेर असुली बढ्यो। त्यसले नाफा वृद्धिमा सहयोग पुग्यो।’

आधा दर्जन लघुवित्तको नाफा भने खुम्चिएको छ। साना किसान विकास लघुवित्त, हिमालयन लघुवित्त, मिथिला, गुराँस, निर्धन उत्थान र श्रृजनशील लघुवित्तको नाफा खुम्चिएको हो। हिमालयन लघुवित्तको नाफा सबैभन्दा धेरै ८५.५ प्रतिशतले खुम्चिएको छ। गुराँस लघुवित्तको नाफा ३.५२ प्रतिशत घटेको छ। वीन नेपालको नाफा सबैभन्दा कम ८३ लाख रुपैयाँमा सीमित छ।

लघुवित्तहरुले ब्यालेन्स सिट राम्रो बनाउने क्रममा ब्याज आम्दानी बढाएका छन्। अघिल्लो वर्ष ब्याज आम्दानी २७ अर्ब ८० करोड रुपैयाँ रहेकामा लघुवित्तहरुले गत वर्ष ३१ अर्ब ५२ करोड आम्दानी गरेका छन्।

ऋण असुली सुस्त देखिए पनि कर्जा नोक्सानीमा पहिले नै धेरै रकम छुट्याएका कारण नाफामा सुधार भएको अर्का एक लघुवित्तका सीइओले बताए।

‘पछिल्लो २/३ वर्षदेखि नयाँ व्यवसाय विस्तार कमजोर छ। लगानी नै नभएपछि थप कर्जा नोक्सानी बढ्ने कुरा भएन,’ ती सीइओले बिजमाण्डूसँग भने, ‘कोभिडपछि बिग्रिंदै आएको कर्जाको लागि अघिल्ला वर्षहरुमा धेरै प्रोभिजनिङ भइसकेका कारण यसपालि थप भार परेन। त्यसले नाफाको ग्रोथ राम्रो देखिएको हो।’

लघुवित्तहरुको वित्तीय अवस्था

लघुवित्त संस्था २०८२/८३
नाफा (दश लाखमा)
२०८१/८२
नाफा (दश लाखमा)
नाफा फरक (प्रतिशत)२०८२/८३
ब्याज आम्दानी (दश लाखमा)
२०८१/८२ ब्याज आम्दानी
(दश लाखमा)
फर्स्ट माइक्रोफाइनान्स १९०७१०९८७३.६८२२७४२११६
आरएसडीसी १३८२१०१८३५.७६१९१५२२३६
साना किसान विकास६५३१८७५०-२५.३६१२७३९१७९६३
आत्मनिर्भर६२३४४७३९.३७१५३६१३५७
महुली १९३२१७००१३.६५४९७४३५५९
हिमालयन१०६६७१४६-८५.०८४४२१३७०८
आरम्भ चौतारी१०२०८८०१५.९१४७४५३७२६
डिप्रोक्स९८९५७६७१.७२१८५६१८९३०
लक्ष्मी १०६८४७२१२६.२७५०६५४८०१
स्वाभिमान५१८४०५२७.९२३७३१९६२
विजय१९६१०.११६६०९००७२२४६४७१
मिथिला५१३७१६-२८.३५२४५६२०७३
नेरुडे मिर्मिरे२३५९-१८२५-२२९.२६१२९४३१४४८८
कालिका१२२८३०३३०५.२८४७०९३५६७
सपोर्ट७६१२७०१८१.८५१८४९१३६४
उपकार५६११५९२५२.८३२१५३१७६८
अभियान१४२६३०४६५३.३३३११६१२२६
युनिक नेपाल५१०-३८६-२३२.१२२६१३२३६१
आशा २६१९१०२६१५५.२६८८४५७५४०
धौलागिरी२०९-२९९-१६९.९१५१२१५४१
फरवार्ड६२३५-३६४५-२७१.०६१५१७७१४०२३
गणपति४३४-३२५-२३३.५४१७४११६२७
ग्रामिण२६६७७०९२७६.१६१३८३५८७४७
गुराँस४११४२६-३.५२१८४९१५६९
जीवन विकास१०८२२७०७५५२.९६२३५०८२१०१५
मानुषि२६९-३५०-१७६.८६१०५०९४७
मेरो माइक्रोफाइनान्स१२५८८५५४७.१३१२०४४९४८४
नेसनल८९१३५७९५५३.८१२०६४२१७२५०
निर्धन उत्थान३५०९१००२६-६५१८८४५१९०५४
समता घरेलु११९१७.७६१५२४७.९४४७१८३७७३
सूर्योदय वोमी२१७८३६०५०५१०१११७८६२
वीन नेपाल८३८२२.२२६४१६०९
सीवाईसी२९४८-९००-४२७.५६४५५१४८०७
ग्लोबल४०११७४९४३५.५११००७४७५१०
इन्फिनिटी१८२३-६३९-३८५.२९४७९१३६३२
नाडेप१४३३५३७१६६.८५४८७१४०१०
नेष्डो१३७०-८९८-२५२.५६२९५३२८२१
एनएमबि१४७४१४७९०२.७२६४३४४३९०
सम्पदा२२७९१६४१२८९.६३८४७०६१५४
श्रृजनशील३३७४५०-२५.१११९०७१६८८
स्वरोजगार३११७२२०६४१.३७५८६६०९३
छिमेक १२९८९१२१२८७.१०३००८४२८१९४
जम्मा९८६३४५७३७२७१.९२३१५२००२७८०१६
स्रोत : लघुवित्तले सार्वजनिक गरेको विवरण

लघुवित्त संस्थाहरुले औसत खराब कर्जा घटाएका छ। अघिल्लो वर्षको तुलनामा औसत खराब कर्जा ०.६८ प्रतिशत विन्दुले घटेको छ। अघिल्लो वर्ष ११.६० प्रतिशत रहेको औसत खराब कर्जा गत वर्षको असार मसान्तमा १०.९२ प्रतिशतमा झरेको छ। खराब कर्जा कम हुनु ऋण असुलीमा सुधारको संकेत हो।

‘अघिल्ला वर्षहरुमा लघुवित्तविरुद्धका अभियानले ऋण असुली प्रभावित भएको थियाे,’ यादवले भने, ‘तर पछिल्लो समय ऋणीहरु ऋण तिर्न आइरहनु भएको छ। जसले गर्दा कर्जा असुलीमा सुधार देखिएको हो।’

२३ लघुवित्तले खराब कर्जा घटाएका छन्। नेरुडे मिर्मिरे लघुवित्तको खराब कर्जा सबैभन्दा धेरै ११.७८ प्रतिशत विन्दुले घटेको छ। अघिल्लो वर्ष यस लघुवित्तको खराब कर्जा ३१.६४ प्रतिशत रहेकामा अहिले १९.८६ प्रतिशतमा आएको छ।

खराब कर्जा इन्फिनिटी लघुवित्तको ८.४७ प्रतिशत र सूर्योदय बीमा लघुवित्तको ६.०८ प्रतिशत विन्दुले घटेको छ। खराब कर्जा सबैभन्दा कम हुनेमा सपोर्ट लघुवित्तको छ। २०८३ असार मसान्तमा यस लघुवित्तको खराब कर्जा २.१६ प्रतिशत छ। अघिल्लो वर्ष यो लघुवित्तको खराब कर्जा ५.७६ प्रतिशत थियो।

साना किसान लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सको खराब कर्जा पनि ३ प्रतिशतभन्दा कम छ। साना किसानको २.९२ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सको २.८८ प्रतिशत छ।

१९ वटा लघुवित्तको खराब कर्जा भने वृद्धि भएको छ। स्वाभिमान लघुवित्तको खराब कर्जा सबैभन्दा धेरै ६.६३ प्रतिशत विन्दुले बढेको छ। स्वाभिमानको खराब कर्जा अघिल्लो वर्ष ४.२० प्रतिशत रहेकामा अहिले १०.८३ प्रतिशत पुगेको छ।

खराब कर्जा वीन नेपाल लघुवित्तको ५.४३ प्रतिशत र उपकार लघुवित्तको ५.१२ प्रतिशत विन्दुले बढेको छ।

खराब कर्जा असुलीमा सुधारका कारण प्रोभिजनिङ घट्दा लघुवित्त संस्थाहरुको पुँजीकोष अनुपातमा सुधार देखिएको छ। अर्थात लघुवित्तको लगानी क्षमता बढेको छ।

केहीलाई पुँजीकोषको चाप देखिए पनि सम्रगमा लघुवित्तहरु व्यवसाय थप विस्तार गर्न सक्ने स्थिति रहेको देखाएको हो।

नियामकीय प्रावधान अनुसार लघुवित्त संस्थाले ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्छ। लघुवित्तको यस्तो अनुपात झन्डै १२ प्रतिशत नजिक छ।

लघुवित्त संस्था २०८२/८३
खराब कर्जा (प्रतिशतमा)
२०८१/८२
खराब कर्जा (प्रतिशतमा)
२०८२/८३
पुँजीकोष अनुपात (प्रतिशतमा)
फर्स्ट माइक्रोफाइनान्स२.८८३.८४३५.४३
आरएसडीसी३.९२३.३४२७.७२
साना किसान२.९६२.६५१७.३१
आत्मनिर्भर१०.७८१२.८१५.७३
महुली९.८१२.१६१०.६१
हिमालयन९.०४७.४८११.१८
आरम्भ चौतारी ६.०१५.५८९.२६
डिप्रोक्स६.४९११.३१४.९६
लक्ष्मी ११.९३१०.४५१०.३९
स्वाभिमान१०.८३४.२८.६३
विजय१७.३७१८.०४८.८९
मिथिला९.८९९.८११.५
नेरुडे मिर्मिरे१९.८६३१.६४९.३८
कालिका९.७८८.२७११.६७
सपोर्ट२.१६५.७६१०.९२
उपकार९.९७४.८५८.२३
अभियान७.४१८.४१८.९५
युनिक नेपाल१९.४३१९.२५६.७६
आशा ८.५७६.४९१०.५६
धौलागिरी२०.५२२२.४४७.५७
फरवार्ड१६.१७१९.८६९.१७
गणपति१३.७९१५.१८.६५
ग्रामिण६.७२९.९६११.३४
गुराँस८.०९४.३२८.४९
जीवन विकास५.३३६.६५१३.५६
मानुषि८.६११.३७५.७
मेरो माइक्रोफाइनान्स१७.३२१४.९११०.३५
नेसनल४.१६५.४५१३.९१
निर्धन उत्थान१२.८९.९११२.११
समता घरेलु१३.२२१३.५३१२.६८
सूर्योदय वोमी१२.५८१८.६६११.५१
वीन नेपाल१६.१२१०.६९८.०८
सीवाईसी१४.०४११.२७८.६
ग्लोबल८.७१०.१६१२.३
इन्फिनिटी१२.९२२१.३९११.४४
नाडेप१५.३६१४.१४८.७५
नेष्डो२०.६६२१.०६१५.०६
एनएमबि१३.११५.५१११.०५
सम्पदा११.८७१७.६१०.८६
श्रृजनशील ११.४८९.७९९.९९
स्वरोजगार६.६५७.५९१२.६७
छिमेक२.३२.५५१७.०१
जम्मा१०.७५११.४३११.७
स्रोत : लघुवित्तले सार्वजनिक गरेको विवरण