खाद्य कम्पनीले सिंहदरबार परिसरमा सुरु गर्‍यो सुपथ मूल्य पसल, देशभर १९३ स्थानमा संचालनमा



बिजमाण्डू
२०८३ साउन २८ गते १२:५९ | Aug 13, 2026
खाद्य कम्पनीले सिंहदरबार परिसरमा सुरु गर्‍यो सुपथ मूल्य पसल, देशभर १९३ स्थानमा संचालनमा


काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल संचालनमा ल्याएको छ।

Tata
GBIME

सिंहदरबार परिसरमा पनि कम्पनीको नयाँ बिक्री कक्षमा सुपथ मूल्य पसलको उद्घाटन भएको छ। सुपथ मूल्य पसलको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवले गरेकी छन्।

यसअघि कम्पनीले हरेक वर्ष थापाथलीमा रहेको बिक्री कक्षबाट सुपथ मूल्य पसलको उत्पादन गर्ने गरेको थियो। यो वर्ष सिंहरबारमा नयाँ बिक्री कक्ष संचालन गरेको हो।

सुपथमूल्य पसल ४४ जिल्लाको १९३ स्थानमा संचालन हुनेछ। उपभोक्ताले खाद्यान्न तथा तेलमा वर्षभरी नै प्रति केजी तथा लिटरमा ५ रुपैयाँ छुट पाउने छन्।