महिन्द्राको नयाँ पुस्ताको एसयूभी नाइमा एक्स्पोमा, एक्सइभी९ एसको सुरुवाती मूल्य ६० लाख



बिजमाण्डू
२०८३ साउन २६ गते १८:१७ | Aug 11, 2026
महिन्द्राको नयाँ पुस्ताको एसयूभी नाइमा एक्स्पोमा, एक्सइभी९ एसको सुरुवाती मूल्य ६० लाख


काठमाडौं। महिन्द्राको प्रिमियम इलेक्ट्रिक एसयूभी एक्सइभी९एस नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएको छ। अग्नि ग्रुपले नयाँ विद्युतीय एसयूभीको सुरुवाती मूल्य ६० लाख रुपैयाँ राखेको छ। भेरियन्ट अनुसार मूल्य फरक छ।

Tata
GBIME

एक्सइभी९ एस महिन्द्राको नयाँ पुस्ताको इलेक्ट्रिक एसयूभी हो। ठूलो आकार, आधुनिक डिजाइन, प्रिमियम इन्टेरियर र अत्याधुनिक प्रविधिका कारण यो मोडललाई महिन्द्राको इलेक्ट्रिक पोर्टफोलियोमा महत्वपूर्ण उत्पादनका रूपमा हेरिएको छ।

महिन्द्राले विशेषगरी प्रिमियम एसयूभी सेग्मेन्टलाई लक्षित गरेर यो गाडी उत्पादन गरेको हो। यसमा ठूलो ब्याट्री प्याक, फास्ट चार्जिङ तथा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) लगायत प्रविधि उपलब्ध छन्।

गाडीमा ५९ र ७९ किलोवाट आवर क्षमताको ब्याट्री छ। यसमा मोटर पावर १७० र २१० किलोवाट क्षमताको छ। गाडीले फुल चार्जमा ३५० र ४५० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। गाडीमा ड्राइभिङ मोड ५ वटा छन्।