शेखरलाई भेटन विशालनगर पुगे गगन थापा, एकताका लागि सहयोग गर्न आग्रह



बिजमाण्डू
२०८३ साउन २६ गते १७:०४ | Aug 11, 2026
शेखरलाई भेटन विशालनगर पुगे गगन थापा, एकताका लागि सहयोग गर्न आग्रह
File Photo


काठमाडौं । कांग्रेस सभापति गगन थापा पार्टी एकता प्रस्ताव लिएर डा शेखर कोइराला भेट्न विशालनगर पुगेका छन्।

Tata
GBIME

मंगलबार बिहान सभापति थापा एक्लै शेखर भेट्न विशाल नगर पुगेका हुन्। बिहान झन्डै एक घण्टा उनीहरुबीच भेट भएको र त्यसक्रममा पार्टी एकताका लागि सघाउन गगनले आग्रह गरेका थिए।

‘दुई नेताबीच बिहान भेट भएको हो। भेटमा पार्टी एक बनाएर लैजाने विषयमा छलफल भयो,’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने।

कांग्रेस संस्थापनइतरको राष्ट्रिय भेला आयोजना गरी पार्टी फुटको संघारमा पुगेको बेला गगनले शेखरलाई भेटेका हुन्।

उक्त भेटमा गगनले पार्टी एकताको लागि भूमिका खेल्न शेखरसँग आग्रह गरेको बताइएको छ। उक्त भेट लगत्तै शेखरले आफू देउवा पक्षको राष्ट्रिय भेलामा सहभागी हुने बताएका छन्। उक्त भेलामा शेखरले एकताको आह्वान गर्ने तयारी गरेका छन।