कुमारी बैंकले सीएसआर अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई दियो १० लाख रुपैयाँ



बिजमाण्डू
२०८३ साउन २६ गते १५:४८ | Aug 11, 2026
कुमारी बैंकले सीएसआर अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई दियो १० लाख रुपैयाँ


काठमाडौं। कुमारी बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ सहयोग गरेको छ।

Tata
GBIME

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि अस्पताललाई १० लाख रुपैयाँ सहयोग गरेको हो।

आफूले दिएको रकमले हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा सहयोग पुग्ने बैंकको विश्वास छ।