प्रधानमन्त्री बालेनसँग सभामुख अर्यालले गरे भेट, १५ मिनेटमा के कुरा भयो?



बिजमाण्डू
२०८३ साउन २६ गते १३:१८ | Aug 11, 2026
प्रधानमन्त्री बालेनसँग सभामुख अर्यालले गरे भेट, १५ मिनेटमा के कुरा भयो?
प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डीपी अर्याल। फाइल तस्वीर


काठमाडौं। सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।

Tata
GBIME

उनले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रधानमन्त्री बालेनसँग भेटवार्ता गरेका हुन्। भेटमा समसामयिक विषयमा कुराकानी भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। बालेन र अर्यालबीच करिब १५ मिनेट कुराकानी भएको थियो।

विपक्षी दलका सांसदले ‘नेपाली भूमि भारतले मिचेको रहेछ’ भन्ने बालेनको २ महिनाअघिको विवादास्पद अभिव्यक्तिको विरोध गर्दै आएका छन्। यस विषयमा बालेनले सदनमा आएर जवाफ दिनुपर्ने उनीहरुको माग छ।