बीएआइसीको हाइब्रिड एसयूभी बीजे३० सार्वजनिक, १ करोड १९ लाख ९६ हजार रुपैयाँ



बिजमाण्डू
२०८३ साउन २६ गते १२:५९ | Aug 11, 2026
बीएआइसीको हाइब्रिड एसयूभी बीजे३० सार्वजनिक, १ करोड १९ लाख ९६ हजार रुपैयाँ


काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड बीएआइसीले नेपाली बजारमा आफ्नो हाइब्रिड एसयूभी बीजे३० सार्वजनिक गरेको छ।यो गाडीको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ राखिएको छ।

Tata
GBIME

नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर बीएआइसीको बीजे३० नेपाली बजारमा लन्च गरिएको हो। नेपालमा बीएआइसी ब्राण्डको प्रवेशसँगै कम्पनीले हाइब्रिड प्रविधिसहितको एसयूभी बजारमा उतारेको हो।

बीजे३० बीएआइसीको एसयूभी लाइनअपमा रहेको मोडल हो। यसको हाइब्रिड पावरट्रेनले पेट्रोल इन्जिनसँग विद्युतीय मोटरको संयोजनमार्फत संचालन गर्छ। यसले परम्परागत पेट्रोल एसयूभीको तुलनामा इन्धन खपत कम गर्ने तथा ड्राइभिङमा थप सहजता दिने लक्ष्य राख्छ।

नयाँ मोडलमा आधुनिक एसयूभी डिजाइनसँगै ठूलो केबिन, डिजिटल प्रविधि तथा विभिन्न ड्राइभिङ र सेफ्टी फिचर उपलब्ध छन्।

नेपालमा पछिल्लो समय पूर्ण विद्युतीय गाडीसँगै हाइब्रिड तथा प्लग-इन हाइब्रिड मोडलप्रति पनि चासो बढ्दै गएको छ। यही बजारलाई लक्षित गर्दै बीएआइसीले बीजे३० सार्वजनिक गरेको हो।

बीजे३० को प्रवेशले नेपाली एसयूभी बजारमा ईभीसँगै हाइब्रिड प्रविधिको प्रतिस्पर्धा समेत थप रोचक बनाउने देखिएको छ। विशेषगरी मध्यम मूल्यदेखि प्रिमियम एसयूभी सेग्मेन्टमा नयाँ चिनियाँ ब्राण्ड तथा मोडल थपिँदै गएको अवस्थामा बीएआइसीको नयाँ मोडलले पनि बजारमा आफ्नो स्थान बनाउन खोज्नेछ।

बीजे३०ई अफ-रोड डिजाइन र आधुनिक विद्युतीय प्रविधिको संयोजन भएको एसयूभी हो।

आकर्षक बक्सी डिजाइन, एलईडी लाइटिङ, ठूलो ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक सनरूफ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो इन्फोटेन्मेन्ट स्क्रिन तथा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) जस्ता फिचरले यसलाई प्रिमियम सेग्मेन्टमा प्रतिस्पर्धी बनाउने कम्पनीको विश्वास छ।