यस्ता छन् नाइमा मोबिलिटी एक्स्पोमा लन्च हुने नयाँ सवारीसाधन, स्टलमा पुर्‍याइयो



बिजमाण्डू
२०८३ साउन २५ गते २३:३९ | Aug 10, 2026
यस्ता छन् नाइमा मोबिलिटी एक्स्पोमा लन्च हुने नयाँ सवारीसाधन, स्टलमा पुर्‍याइयो


काठमाडौं। नाइमा मोबिलीटी एक्स्पो २०२६ का लागि नयाँ सवारीसाधन धमाधम एक्स्पो स्थलमा पुर्‍याइएका छन्। दुई दर्जनभन्दा बढी ब्रान्डहरुले आफ्ना मल्टिपल नयाँ प्रोडक्ट स्टलमा सजाएर राखेका छन्। साउन २६ गते मंगलबारदेखि ३१ गतेसम्म एक्स्पो आयोजना हुनेछ।

Tata
GBIME

वुलिङको नयाँ गाडी इक्सन र डारियन स्टल पुर्‍याइएका छन् भने भने अन्य मोडल भोलि स्टल पुर्‍याइनेछन्।

हुन्डाईको नयाँ गाडी आयोनिक ९ र भेन्युको फेसलिफ्ट पनि एक्स्पोमा देखिने छ। कम्पनीले गाडी स्टलमा राखेको छ।

महिन्द्राको एक्सइभी नाइन-एस पनि दुई वटा भेरियन्टमा स्टलमा राखिएका छन्। गाडी मंगलबार सार्वजनिक हुनेछ।

टाटाको दुई वटा टियागो इभी र पन्च इभीको फेसलिफ्ट स्टलमा राखिएका छन्। टीभीएसले पनि आफ्नो नयाँ दुई वटा एनटर्क १५० र अपाच्चे आरटीएक्स स्टलमा राखेको छ।

टोयोटाका दुई वटा नयाँ हाइलक्स र न्यु र्‍याभ फोर हाइब्रिड इलेक्ट्रिक भेहिकल स्टलमा तयार पारेर राखिएका छन्। यस्तै चेतकका केही नयाँ स्कुटर र याडियाको ३ वटा नयाँ स्कुटर स्टलमा राखिएका छन्।

बीवाईडीका पनि ३ वटा प्रोडक्ट एटो १, एटो २ र एटो ३ स्टलमा राखिएका छन्। यसै गरी नयाँ ब्रान्ड डेन्जा, होन्छी, बीएआईसीको बीजेड ३०, चेरीको क्युक्युलगायतका ब्रान्डका गाडी पनि स्टलमा राखिएका छन्।