सरकारलाई सबैभन्दा बढी कर तिर्ने २० वटा बहुराष्ट्रिय कम्पनी कुन-कुन हुन्?



बिजमाण्डू
२०८३ साउन २५ गते १३:५२ | Aug 10, 2026
सरकारलाई सबैभन्दा बढी कर तिर्ने २० वटा बहुराष्ट्रिय कम्पनी कुन-कुन हुन्?


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारलाई सबैभन्दा धेरै कर तिर्ने २० वटा बहुराष्ट्रिय कम्पनीका सञ्चालकलाई बोलाएर उनीहरुले भोगिरहेका समस्याबारे छलफल गरेका छन्।

Tata
GBIME

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा छलफल गरिरहेका हुन्।

छलफलमा २० कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदार सहभागी छन्।

अर्थमन्त्री वाग्लेको सचिवालयले सार्वजनिक गरेको सूची अनुसार धेरै कर तिर्ने २० वटा बहुराष्ट्रिय कम्पनी निम्न अनुसार छन्-

  • एनसेल
  • आरती स्ट्रिप्स प्रालि
  • गोर्खा ब्रुअरी प्रालि
  • हिमालय एयरलाइन्स
  • होङ्शी शिवम् सिमेन्ट
  • डुसान इनरबिलिटी कम्पनी लिमिटेड
  • डाबर नेपाल
  • बोटलर्स नेपाल (तराई) लिमिटेड
  • यूनिलिभर नेपाल लिमिटेड
  • एशियन पेन्टस (नेपाल) प्रालि
  • पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना
  • गोर्खा लहरी प्रालि
  • ह्वासिन सिमेन्ट नारायणी प्रालि
  • न्यू होप एग्रो बिजनेस नेपाल प्रालि
  • नेपाल वेलहोप एग्रि-टेक प्रालि
  • वरुण वेभरेज नेपाल प्रालि
  • टर्किस एयरलाइन्स ईन्कर्पोरेसन प्रालि
  • भोटेकोशी पावर कम्पनी प्रालि
  • बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालि