काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै उडान भाडा महँगिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ट्रंक सेक्टरमा फ्यूल सरचार्ज १८० रुपैयाँदेखि १२९० रुपैयाँसम्म बढाएको छ। क्यानले विराटनगर-धनगढी रुटमा फ्यूल सरचार्ज १२९० रुपैयाँ बढाएको हो।
विराटनगर-धनगढी रुटमा फ्यूल सरचार्ज अब १६ हजार ३५ रुपैयाँ पुगेको छ।
काठमाडौं-सिमरामा फ्यूल सरचार्ज सबैभन्दा कम १८० रुपैयाँ बढेको छ। यो रुटमा फ्यूल सरचार्ज अब २२४० रुपैयाँ पुगेको छ।
काठमाडौं-धनगढी रुटमा फ्यूल सरचार्ज ११ हजार रुपैयाँ पुर्याइएको छ। यो रुटमा यसअघि फ्यूल सरचार्ज १० हजार १२० रुपैयाँ थियो। अर्थात् काठमाडौं-धनगढी हवाई टिकटको मूल्य ८८० रुपैयाँ बढेको छ।
नेपालगन्ज-भद्रपुर रुटमा १ हजार १७० र जनकपुर-धनगढी रुटमा ११०० रुपैयाँ बढेको छ।
निगमले १७ साउनबाट लागू हुने गरी हवाई इन्धनको मूल्य प्रति लिटर २० रुपैयाँ बढाएको थियो। हवाई इन्धनको मूल्य अहिले प्रति लिटर २९० रुपैयाँ छ।










