बजारमा ग्यासको अभाव, सिलिन्डर लिएर टेकुमा ३ घण्टा लाइन बसे पनि पाउन गाह्रो (तस्विरहरु)



सुशील श्रेष्ठ
२०८३ साउन १९ गते १२:०१ | Aug 4, 2026
बजारमा ग्यासको अभाव, सिलिन्डर लिएर टेकुमा ३ घण्टा लाइन बसे पनि पाउन गाह्रो (तस्विरहरु)


काठमाडौं । बजारमा पर्याप्त ग्यास उपलब्ध नहुँदा सर्वसाधरण सास्ती खेप्नु परिरहेको छ। ग्यास लिनका लागि बिहानैदेखि लाइनमा बस्न उनीहरु बाध्य बनेका छन्।

Tata
GBIME

टेकुस्थित नेपाल आयल निगममा पनि ग्यास लिन पुग्नेको संख्या धेरै छ। बिहानैदेखि मानिसहरु ग्यासको सिलिन्डर लिएर लाइनमा बसिरहेका छन्।

‘३ घण्टा लाइन बस्दा पनि ग्यास पाइएन। यो त अत्ति भयो,’ टेकु पुगेका एक व्यक्तिले भने।

अहिले देशभर ग्यासको अभाव छ। सरकारले भने ग्यासको अभाव नभएको र आपूर्ति सहज हुने बताइरहेको छ। तर, बजारको दृश्यले भने सरकारी दाबीलाई प्रमाणित गर्दैन।

खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट विभिन्न पाँच कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ। निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको हो।