ठेक्काका सर्तअनुसार काम नगर्दा १२ कम्पनी कालोसूचीमा, कार्बाहीमा पर्नेमा चारवटा जेभी



बिजमाण्डू
२०८३ साउन १२ गते १०:१६ | Jul 28, 2026
ठेक्काका सर्तअनुसार काम नगर्दा १२ कम्पनी कालोसूचीमा, कार्बाहीमा पर्नेमा चारवटा जेभी


काठमाडौं। ठेक्का सम्झौताका सर्त अनुसार काम नगर्दा कार्बाही सिफारिसमा परेका आपूर्तिकर्ता फर्म र निर्माणसम्बद्ध १२ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। एक, डेढ र दुई वर्षको कार्बाहीमा पर्नेमा चारवटा जेभी छन् भने एक ठेक्का लिने चार कम्पनी छन्।

Tata
GBIME

मकवानपुरको शिवशक्ति इन्फ्रा डेभलपर्स प्रालि, गौरी पार्वती निर्माण सेवा र वाइपी कन्स्ट्रक्सन २/२ वर्षका लागि कालोसूचीमा परेका छन्। शिवशक्तिलाई कार्बाही सिफारिस सडक डिभिजन हेटौंडाले गरेको हो भने गौरी पार्वती वाईपी कन्स्ट्रक्सन जेभीलाई सडक विभाग पुल सेक्टर धरानले कार्बाही सिफारिस गरेको हो।

नेपाल वायुसेवा निगमको सिफारिसमा काठमाडौंको काठमाडौं-१ मा कार्यालय रहेको ग्लोबल ट्रेडिङ कन्सर्न प्रालि एक वर्षका लागि कालोसूचीमा परेको छ। यस्तै ऊर्जा तथा सिँचाइ मन्त्रालय र बर्दिया डिभिजनको सिफारिसमा पर्ने सिन्धुलीको गाल्वा मसुद सारस जेभी र सडक पूर्वाधार विकास कार्यालयको गुल्मीको सिफारिसमा मनिषा कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि पनि एक/एक वर्षकै लागि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कारबाहीमा परेका छन्।

गुल्मीको सुबोध सञ्जीव जेभी, सर्लाहीको सुवोध-लबली जेभी, धनुषाको मरवैता कन्स्ट्रक्सन डेढ/डेढ वर्षका लागि कालोसूचीमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा मंगलबार जारी सूचनामा छ।