काठमाडौं। १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजना बन्द भएको छ।
साउन ५ गते राति आएको बाढी तथा पहिरोले हेडवर्क्सका अधिकांश संरचनामा क्षति पुगेपछि आयोजना बन्द भएको प्रवर्धक कम्पनी सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले जनाएको छ।
कम्पनीका अनुसार आयोजनामा विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको हो।









