भाटभटेनीको विराटनगर सुपरस्टोर पुनः सञ्चालनमा, बिर्तामोड, धरान र टंगालमा पनि तयारी हुँदै



बिजमाण्डू
२०८३ असार २७ गते ०९:०० | Jul 11, 2026
भाटभटेनीको विराटनगर सुपरस्टोर पुनः सञ्चालनमा, बिर्तामोड, धरान र टंगालमा पनि तयारी हुँदै


विराटनगर। जेनजी आन्दोलनको मौका पारेर पसेको भीडले गत भदौ २४ को ध्वस्त पारेको भाटभटेनीको विराटनगरस्थित सुपरस्टोर शनिबारदेखि पुनः सञ्चालनमा आएको छ।

Tata
GBIME
Nepal Life

भाटभटेनीका सञ्चालक सावित्री गुरुङले शनिबार वैदिक सनातन पद्धति अनुसार पूजाआजा र बत्ती बालेर सुपरस्टोर पुनः सञ्चालनको उद्घाटन गरेकी हुन्। भदौयता विराटनगर वरपरका धेरै ग्राहकले प्रेम र चासोका साथ भाटभटेनी कहिले खुल्छ भन्ने प्रश्न बारम्बार गर्ने गरेको उनले बताइन्।

गुरुङले ग्राहककै सदभाव, सहानुभूति र स्नेहले भाटभटेनी परिवार खरानीबाट उठ्न सफल भएको स्पष्ट पारिन्। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले यसअघि भाटभटेनीको वेयर हाउससहित कोटेश्वर, महाराजगंज, चितवन भरतपुर, पोखरा र बौद्धका सुपरस्टोर पुनः संचालनमा आइसकेको जानकारी दिए।

अधिकृत पौडेलका अनुसार भदौ महिनामा बिर्तामोड, धरान र टंगाल गरी तीन स्थानको सुपरस्टोर सञ्चालन गर्ने लक्ष्य छ। त्यसपछि हेटौंडा र दमकका सुपरस्टोर पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ।