काठमाडौं । काठमाडौंको रिङरोड क्षेत्रका सडक वरिपरि चित्रकला बनाइँदैछ। सडक क्षेत्रलाई सफा बनाउन र सहरको इतिहास र संस्कृति चिनाउन चित्रकला बनाइँदै गरिएको हो।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पलपसा आर्ट ग्यालेरीका चित्रकारहरुले कोटेश्वरको सडकको भित्तामा चित्र बनाइरहेका हुन्।
यसअघि पनि काठमाडौंका सडक किनारका भित्ताहरुमा विभिन्न चित्र बनाउने गरिन्थ्यो।































