विशेष आर्थिक क्षेत्र प्राधिकरणमा कार्यकारी निर्देशकको खोजी, २१ दिनको समय दिएर विज्ञापन



बिजमाण्डू
२०८३ असार २१ गते ११:४३ | Jul 5, 2026
विशेष आर्थिक क्षेत्र प्राधिकरणमा कार्यकारी निर्देशकको खोजी, २१ दिनको समय दिएर विज्ञापन


काठमाडौं। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न सरकारले विज्ञापन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २१ दिनको समय दिएर दरखास्त आह्वान गरेको हो।

Tata
GBIME
Nepal Life

३५ वर्ष पूरा भइ ६५ वर्ष ननाघेका तथा व्यवस्थापन, इन्जिनियरिङ, अर्थशास्त्र वा कानुनमा स्नातकोत्तर गरी उद्योग, वाणिज्य, व्यापार, राजस्व प्रशासन, इन्जिनियरिङ वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएकाहरुले आवेदन दिन सक्नेछन्।

आवेदकले कार्ययोजना पनि पेस गर्नुपर्नेछ।