माछापुच्छ्रे बैंकले पायो चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड

बिजमाण्डू
२०८३ असार १८ गते ११:१९ | Jul 2, 2026
माछापुच्छ्रे बैंकले पायो चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड


काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अन्तर्गत ब्रोन्ज अवार्ड २०२५ प्राप्त गरेको छ।

Vigo
GBIME
Tata

बैंकको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासको आधारमा प्रदान गरिएको हो। काठमाडौंमा आयोजित औपचारिक समारोहमा बैंकका नायब महाप्रबन्धक सुभाष जमरकट्टेलले उक्त पुरस्कार ग्रहण गरेका हुन्।

यो सम्मानले माछापुच्छ्रे बैंकलाई संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिवेदन मापदण्डहरू अवलम्बन गर्दै सरोकारवालाप्रति उत्तरदायी रहन गरेको निरन्तर प्रयासलाई थप उचाइमा पुर्‍याउन मद्दत गर्ने विश्वास लिइएको बैंकद्वारा जारी विज्ञप्तिमा छ।

माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै देशभर आफ्नो सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाइएको छ।