काठमाडौं। नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ। तरलता व्यवस्थापनका लागि १ वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ ऋणपत्र निष्कासन गरिएको हो।
ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्थाहरुले मंगलबार अपराह्न २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।
ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने राष्ट्र बैंकले जनाएको छ।
ऋणपत्रमा न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ।











