सरकारको विरुद्धमा बोलेको भन्दै कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरबाट एक युवा पक्राउ, म्याद थप्दै



बिजमाण्डू
२०८३ असार १५ गते १६:३७ | Jun 29, 2026
सरकारको विरुद्धमा बोलेको भन्दै कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरबाट एक युवा पक्राउ, म्याद थप्दै

काठमाडौं। सरकारको विरुद्धमा बोलेको भन्दै कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

प्रहरीले भोजपुर घर भएका ३९ वर्षीय डम्बर तामाङलाई सार्वजनिक शान्ति खलल पुर्‍याएको भन्दै पक्राउ गरेको हो। उनले सरकारको निर्णयविरुद्धमा बिजुलीबजारमा बोलेका थिए। त्यही बोलेको आरोपमा नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन भट्टराईंले पक्राउ गरिएका तामाङको अदालतबाट म्याद थप गर्न लागिएको जानकारी दिए।

‘बिजुली बजार क्षेत्रमा उनले केही कुरा बोलेका थिए। त्यसैका आधारमा समातेका हौं,’ एसपी भट्टराईले भने। सरकारले ७ दिनभित्र होल्डिङ सेन्टर छोड्न सुचना जारी गरेको छ।