‘भविष्य बर्बाद भो’ भन्दै जेनजी विद्यार्थी माइतीघरमा, कक्षा १२ को नतिजालाई लिएर पोखे असन्तुष्टी

बिजमाण्डू
२०८३ असार ११ गते १३:३४ | Jun 25, 2026
‘भविष्य बर्बाद भो’ भन्दै जेनजी विद्यार्थी माइतीघरमा, कक्षा १२ को नतिजालाई लिएर पोखे असन्तुष्टी


काठमाडौं । कक्षा १२ को परीक्षाफल प्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरु माइतीघरमा भेला भएका छन्।

Vigo
GBIME
Tata

आज बिहान ११ बजेदेखि माइतीघरमा भेला भएर उनीहरुले सरकारले छिटो नतिजा निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप नारा लगाएका छन्।

परीक्षा कस्तो भयो भनेर विद्यार्थी स्वयमलाई थाहा हुने भन्दै उनीहरुले हतारमा कपि चेक गर्दा धेरै विद्यार्थीको ग्रेड कम आएको गुनासो गरे। यसले विद्यार्थीको भविष्य बिग्रिने भन्दै उनीहरुले असन्तुष्ट व्यक्त गरे।

त्यससँगै कपिको रिटोटलिङ शुल्क पनि महंगो भएको भन्दै उनीहरुले विद्यार्थीमैत्री नीतिको माग गरे।