काठमाडौं महानगरको नीति तथा कार्यक्रम: एनएसीको जग्गामा बहुतले पार्किङ



बिजमाण्डू
२०८३ जेठ ३१ गते १७:१२ | Jun 14, 2026
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: एनएसीको जग्गामा बहुतले पार्किङ

काठमाडौं। काठमाडौं महानगरपालिकाले नेपाल वायुसेवा निगमको घरजग्गालाई बहुतले पार्किङ बनाउन पहल गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

महानगरको २०८३/०८४को नीति तथा कार्यक्रममा पार्किङ व्यवस्थापनका लागि निगमको जग्गा प्रयोग गर्ने उल्लेख गरिएको छ।

‘सवारी पार्किङ व्यवस्थापन सम्बन्धमा अध्ययन गरी कार्यान्वयन गरिनेछ। नयाँसडक र आसपासको क्षेत्रमा देखिएको पार्किङ समस्याको दीगो व्यवस्थापनको लागि नेपाल वायु सेवा निगमको नयाँसडक गेटस्थित घरजग्गालाई बहुतले पार्किङ प्रयोजनमा उपयोग गर्न नेपाल सरकारमार्फत् पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।