काठमाडौं। स्प्राइटले ‘क्लियर रह’ शीर्षकको समर क्याम्पियन सुरु गरेको छ। कोकाकोलाका अनुसार अभियानको उद्देश्य युवाहरूलाई स्प्राइटसँगै आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो।
यो अभियान जेनरेशन जेड ग्रुप (६ देखि २४ वर्ष)का युवाहरुको लागि लक्षित गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो पुस्ता सबै कुराहरु खुला र पारदर्शी(कहिलेकाही चुनौतीपूर्ण भूमिका, परम्परा र सम्मेलनहरु लगायत सबै कुराहरु जो आफ्नो पुस्ता भन्दा बाहिरका मानिसहरुलाइ पूर्ण रुपमा नबुझ्ने कुराहरु) रुपमा लिन्छन्।
स्प्राइटले तत्काल आवश्यक रिफ्रेसमेन्ट प्रदान गर्छ। कम्पनीका अनुसार जसले युवालाई मेन्टल्ली र फिजिकल रुपमा रिसेट गर्न मद्दत गर्दछ।
त्यसैले उनीहरू सधैँ सुखी रहन्छन् र आफ्नो विचारलाई छर्लंग प्रस्तुत गर्दछन्। कोकाकोलाका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले युवाहरुलाई रिफ्रेस, रिसेट र फोकस रहन प्रोत्साहित गर्ने बताए।
यो अभियानको नयाँ टीभीसीमा स्प्राइटको ब्रान्ड एम्बेसेडर नायक अनमोल केसी छायांकन गरिएको छ जसमा उनी लामो र तातो गर्मीको दिनपछि आराम गर्दै घर फर्कदै गरेको देखिन्छ। यद्यपी उनको बुबाले भने उसलाई कता गएको र किन आफ्नोे समय खेर फालेको भनेर गाली गर्दछन्।
उनले त्यसपछि स्प्राइटको चिसो बोतल समातेर चुस्की लिन्छन् र तुरुन्तै उनी रिफ्रेस हुन्छन्। आफ्नो बाबुले भन्नुभएको सबै कुराहरुलाई मध्यनजर गर्दै उनले आफ्नो प्राथमिकताहरुलाई पुनः रिसेट गर्दछन् र त्यसपछि उनले आफ्नो चिसो स्प्राइटको बोतलको साथ गेमिंगमा आफ्नो समय विताएको दृश्य राखिएको छ। बोटलर्स नेपालका प्रवन्ध निर्देशक प्रदीप पाण्डेले यो अभियानले सत्य र पारदर्शी रहन प्रेरित गर्ने बताए।