काठमाठौं । महिला उद्यमीलाई प्रोत्साहन गर्न ललितपुर महानगरपालिकाले महिला उद्यमी सम्मेलन आयोजना गरेको छ।
ललितपुरको सानेपामा आज सम्मेलन भइरहेको हो। सम्मेलनमा महानगरपालिका भित्र उद्यम गरिरहेका महिलाहरु सहभागी छन्।
सम्मेलनमा महानगरभित्र महिला उद्यमीहरुले तयार पारेका विभिन्न सामाग्रीहरु समेत राखिएका छन्।




























