काठमाडौं। सरकारले सिंहदरबारस्थित संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदको सालिक तथा स्तम्भ राख्ने भएको छ।
पूर्वाधार विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमार्फत संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदको सालिक तथा स्तम्भ बनाउने भएको हो।
यसका लागि सरकारले २ करोड ३० लाख रुपैयाँ बजेट छुट्याएको छ। संसद् भवन परिसरमा जेनजी शहीद स्मारक पार्क पनि बनाइने भएको छ। यसका लागि १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।











