काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनील लम्सालले पूर्वी मधेशका विभिन्न जिल्लामा संचालनमा रहेका विकास आयोजनाहरुको स्थलगत निरीक्षणमा गरिरहेका छन्।
लम्साल नेतृत्वको टोलीले काँकडभिट्टा-लौकही सडक आयोजनाका तीनवटा खण्ड, सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमलासम्म पूर्व–पश्चिम राजमार्गअन्तर्गत करिब ८७ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्यको प्रगति तथा विगत १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गअन्तर्गतको कमला–कञ्चनपुर पुलको अवलोकन गरेको छ।
भ्रमणका क्रममा एशियाली विकास बैंक र विश्व बैंकको लगानीमा संचालित विभिन्न पूर्वाधार परियोजनाहरूको समेत निरीक्षण गरिएको थियो।
आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण, समन्वय तथा प्रभावकारी अनुगमनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ।









