काठमाडौं । सभामुख डोल प्रसाद अर्याल विपक्षी दलहरुको नाराबाजीबीच प्रतिनिधि सभाको बैठकको कारबाही अघि बढाउन प्रयास गरे पनि असफल भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्दै दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्ने तथा उनले माफी माग्नुपर्ने माग प्रतिपक्षी दलहरुले गरिरहेका छन्।

आइतबार पेलेरै संसद चलाएका अर्यालले सोमबारको बैठक विरोधका कारण स्थगित गरेका थिए।
मंगलबार पनि विपक्षी दलले वेल घेराउ गरेर नाराबाजी गरिरहेका बेला अर्यालले कार्यसूची अघि बढाएका थिए।
तर, विपक्षी दलहरुको नाराबाजी चर्किँदै गएपछि अर्यालले प्रतिनिधि सभाको बैठक हप्तादिनपछि बोलाएका छन्। अर्को बैठक जेठ २५ गतेमात्रै बस्ने छ।













