कुशल भुर्तेलले चीनविरुद्ध एकै ओभरमा प्रहार गरे ६ छक्का, बन्यो शतक



बिजमाण्डू
२०८३ जेठ १७ गते ०८:१६ | May 31, 2026
कुशल भुर्तेलले चीनविरुद्ध एकै ओभरमा प्रहार गरे ६ छक्का, बन्यो शतक
कुशल भुर्तेल। फाइल फोटो।


काठमाडौं। कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन्। एसियन गेम्स छनोट अन्तर्गतको चीन विरुद्धको खेलमा ओपन कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का प्रहार गरेका हुन्। उनले शतक पनि पूरा गरिसकेका छन्।

Tata
GBIME

सिंगापुरस्थित नेशनल क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि आशिफ शेख ११ रन बनाएर पभेलियन फर्किँदा कुशल भुर्तेलले बिस्फोटक ब्याटिङ गरे। उनले नवौँ ओभरमा ६ वटा छक्का प्रहार गर्न सफल भए। पहिलो पाँच बलमा छक्का प्रहार गरेपछि बलर चेन जोउले वाइड बल फ्याँकेका थिए। लगत्तै छैटौँ बलमा पनि भुर्तेलले छक्का नै प्रहार गरे। यो ओभरबाट नेपालको खातामा ३७ रन थपियो।

भुर्तेलले ३५ बलमा ४ चौका र १२ छक्काको सहायतामा शतक पनि पूरा गरेका छन्।

नेपाली टी-२० टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि एकैओभरमा ६ छक्काको कीर्तिमान बनाइसकेका छन्। उनले कतारविरुद्ध यो कीर्तिमानी इनिङ्स खेलेका थिए।